Logo

समाजसेवी राम निरौलाले गरे ‘कोरोना कोष’मा १५ हजार दिने घोषणा

न्युजडेस्क
२०७६ चैत्र १९ , बुधबार ०९:०४ मा प्रकाशित

विश्वभर संत्रास फैलाएको कोराना भाइरस रोकथामका लागि सरकारले स्थापना गरेको कोरना कोषमा इटहरीका युवा समाजसेवी राम निरौलाले त्यस कोषमा १५००० रकम सहयोग गर्ने घोषणा गरेका छन् ।नेपाल मात्र नभई विश्वमा नै कोरोनाको महामारी फैलिएको बेला यस्तो महाविपत्तिमा सबै एकजुट हुनु पर्ने कुरालाई प्रेरित गराउने उद्देश्यले सहयोगको घोषणा गरेको निरौला बताउछन । उनले लकडाउन खुल्ने वित्तिकै सो रकम राष्ट्रिय वाणिज्य वैंक मार्फत सरकारको कोषमा जम्मा गर्ने सोच खबरलाइ जानकारी दिए ।सोसियल रिक्न्ट्रक्सन फाउन्डेसनका अध्यक्ष साथै इटहरी जेसिस, लायन्स, जस्ता संघ–संस्थामा समेत रहेका निरौलाले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले गर्दा सरकारले पछिल्लो ८ दिनको लकडाउनको म्याद थपेकाले बिपन्न मानिसहरूको अवस्थालाई मध्यनजर गर्दै राहत कोषमा सकम जम्मा गरि सरकारलाइ सहयोग गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?