Logo

बार्साका खेलाडी ७० प्रतिशत तलब कटौती गर्न सहमत

न्युजडेस्क
२०७६ चैत्र १८ , मंगलबार १०:०३ मा प्रकाशित

एजेन्सी । कोभिड १९ को सक्रमणसंगै क्लबहरुले आर्थिक संकटको सामना गरिरहेका बेला स्पेनिस क्लब बार्सिलोनाका खेलाडी भने तलबको ठुलो हिस्सा कटौती गर्न सहमत भएका छन् । क्लबलाई संकटबाट जोगाउन खेलाडीहरुले ७० प्रतिशत कटौती गरी तलब लिन सहमत भएका हुन् ।
क्लबका अन्य कर्मचारीलाई तलब वितरण गर्न तथा क्लबको प्रशासनिक तथा अन्य कार्यहरुका लागि कटौतीबापत प्राप्त रकम खर्च गरिनेछ । यस अघि इटालीको युभेन्ट्स, जर्मनीका वायर्न म्युनिख र बोरुसिया डर्टमण्डका खेलाडी तलब कटौतीका लागि सहमत भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?