Logo

इन्जिनियर दिवश पौडेललेले गरे ‘कोरोना कोष’मा १५ दिनको तलब दिने घोषणा

न्युजडेस्क
२०७६ चैत्र १६ , आईतबार ०३:०३ मा प्रकाशित

विश्वभर संत्रास फैलाएको कोराना भाइरस रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा छथरजोरपाटी गाउँपालिकामा कार्यरत इन्जिनियर दिवश पौडेलले आफ्नो चैत्र महिनाको तलव मध्ये १५ दिन वरावरको रकम सहयोग गर्ने घोषणा गरेका छन् ।नेपाल मात्र नभई विश्वमा नै कोरोनाको महामारी फैलिएको बेला यस्तो महाविपत्तिमा सबै एकजुट हुनु पर्ने कुरालाई प्रेरित गराउने उद्देश्यले सहयोगको घोषणा गरेको इन्जिनियर पौडेलले जानकारी दिए । उनले लकडाउन खुल्ने वित्तिकै चैत्र महिनाको तलव मध्ये १५ दिनको रकम राष्ट्रिय वाणिज्य वैंक मार्फत सरकारको कोषमा जम्मा गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?