Logo

पोखरा रंगशालामा अभ्यास स्थल निर्माण राखेपले गर्ने

न्युजडेस्क
२०७६ चैत्र १४ , शुक्रबार ०१:०३ मा प्रकाशित

पोखरा रंगशालासंगै निर्माण थालिएको अभ्यास स्थलको निर्माण अब राष्ट्रिय खेलकुद परिषद राखेपले गर्ने भएको छ । अभ्यासस्थल निर्माणका लागि गठन भएको समितीले काम गर्न नसकेपछि राखेपले आफै निर्माण गर्न सुरु गरेको हो । फुटबल प्रशिक्षण तथा अभ्यासका लागि बनाउन लागिएको मैदानमा अहिले मैदान सम्याउने लगायतका काम भईरहेको छ । यसअघि नै गठन गरिएको निर्माण समितीले मैदान निर्माणको काम अघि बढाउन नसकेपछि राखेपको योजना अलपत्र परेको थियो । राखेपले सोहि परिस्थितीलाई ध्यानमा राखी आफ्नै पहलमा मैदान निर्माणको काम सुरु गरेको हो । ९२ लाख रुपैया लागत अनुमान गरिएको अभ्यासस्थल आगामी आर्थिक बर्षभित्रै प्रयोगमा ल्याउन सकिने राखेपले जनाएको छ ।
पोखरामा सुबिधासम्पन्न अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण भएपनि अभ्यास र प्रशिक्षणको छुट्टै व्यवस्था नहुदा समस्या हुदै आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?