Logo

युनियन बर्लिनका खेलाडीले तलब नलिने, बार्यन म्युनिख र डर्टमण्डका खेलाडी थोरै तलब लिन सहमत

न्युजडेस्क
२०७६ चैत्र १३ , बिहीबार १०:०३ मा प्रकाशित

एजेन्सी । जर्मन क्लब बार्यन म्युनिख र बोरुसीया डर्टमण्डका खेलाडी रकम काटेर तलब लिन सहमत भएका छन् । दुबै क्लबबाट ठुलो रकम तलब बुझ्ने खेलाडीले केहि रकम कटाएर तलब लिन सहमती जनाएसंगै पछिल्लो निर्णय संभव भएको हो । खेलाडीहरुबाट काटिएको तलब क्लबका अन्य कर्मचारी तथा सहयोगीलार्य खर्च गरिनेछ ।
कोरोना भाईरसको सक्रमणका कारण खेलकुद गतिबिधि ठप्प हुदा विश्वभरका ठुला क्लबहरु ठुलो आर्थिक मारमा परेका छन् । बुण्डेस लिगाको अर्को क्लब युनियन बर्लिनका खेलाडीले यो अबधीको तलब नलिई क्लबलाई सहयोग गर्ने बताईसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?