तेस्रो ग्राण्डस्लाम विम्लंडन नहुने संभावना, अर्को साता निर्णय हुने

अन्य खेलकुद

एजेन्सी । बर्षको तेस्रो ग्राण्डस्लाम विम्लंडन टेनिस पनि नहुने संभावना बढेको छ । आगामी जुन २९ देखी जुलाई १२ का लागि तय गरिएको विम्लंडन कोरोनाको बढ्दो सक्रमणका कारण रोकिने संभावना बढेको हो । यसै साता तेस्रो ग्राण्डस्लामका बिषयमा अल ईङल्याण्ड क्लबले निर्णय लिने बताईएको छ ।
दोस्रो ग्राण्डस्लाम फ्रेन्च ओपन पनि स्थगीत भईसकेको अवस्थामा तेस्रो ग्राण्डस्लामपनि कोरोनाकै कारण प्रभावित बन्ने संभावना बढेको हो । फ्रेन्च ओपन भने सन् २०२१ को सेप्टेम्बर २० देखी अक्टोबर ४ सम्मका लागि तय गरिएको छ ।
सरोकारवालसंगको छलफल पछि विम्लंडनका बिषयमा ठोस निर्णय गर्ने क्लबले जनाएको छ । यद्यपी प्रतियोगीता निर्धारित समयमै हुने संभावना नरहेकाले अर्को मितीका बिषयमा पनि छलफल अघि बढाईएको हो । क्लबले आफ्ना मुलुकका विम्लंडन पार्क र रेनेस पार्कको अभ्यास स्थलपनि अनिश्चितकालका लागि बन्द गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।