जुन ३० अघिका सबै प्रतियोगीता स्थगीत गर्ने आईसीसीको निर्णय, नेपालका ३ सिरिज रोकिए

क्रिकेट खेलकुद

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले आगामी जुन ३० अगाडिका सम्पुर्ण सिरिज र प्रतियोगीता स्थगीत गरेको छ । कोभिड १९ को बढ्दो सक्रमणका कारण प्रतियोगीता संभव नहुने भन्दै आईसीसीले अर्को सुचना नभएसम्मका लागि सबै सिरिज र प्रतियोगीता स्थगीत गरेको हो ।
आईसीसीले विज्ञप्ती जारी गर्दै प्रतिकुल परिस्थितीका कारण प्रतियोगीता सञ्चालन गर्न नसकिने जनाएको हो । उसको पछिल्लो निर्णयले नेपालका ३ वटा सिरिज अर्को सुचना नभएसम्मका लागि स्थगीत भएका छन् । नेपालले नामिबियामा आगामी अप्रिल २० देखी २७ सम्म लिग टु अन्तर्गतको आफ्नो दोस्रो सिरिज खेल्ने तय भएको थियो । नामिबियामा नेपाल, नामिबिया र स्कटल्याण्डबिच खेल हुने तालिका थियो । त्यस्तै पपुवा न्यु गीनीमा युएई, पीएनजी र नेपालको सिरिज जुनको दोस्रो साताका लागि तय गरिएको थियो ।
आईसीसीको पछिल्लो निर्णय ले मलेसीयामा हुने टि–२० विश्वकपको एसीया छनोट बी को प्रतियोगीता पनि रोकिएको छ । जुन २६ बाट सुरु हुने सो प्रतियोगीतामा आयोजक मलेसीयासहित भुटान, चीन, म्यानमार र थाईल्याण्डले प्रतिस्पर्धा गर्ने पुर्बनिर्धारित तालिका थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।