कोरोनाबिरुद्ध लड्न सन्दिपले सरकारी कोषलाई गरे १ लाख सहयोग गर्ने

अन्य खेलकुद

राष्ट्रिय क्रिकेट टोलीका युवास्पिनर सन्दिप लामिछानेले कोरोनाबिरुद्ध लड्न सरकारले स्थापना गरेको कोषमा १ लाख रुपैया सहयोग गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सो सहयोग रकम घोषणा गरेका हुन् । सरकारको प्रयासलाई सार्थक बनाउन जिम्मेबार नागरिकको भुमिकापनि उत्तिकै रहने भएकाले आफुले सो सहयोग रकम घोषणा गरेको सन्दिपले उल्लेख गरेका छन् ।
उनले भौतिक रुपमै केहि दुरी राखेर भएपनि सरकारी प्रयासमा हातेमालो गर्न आम नेपालीलाई आग्रह गरेका छन् । सरकारले कोरोना रोकथामका लागि खडा गरेको सरकारी राहात कोषमा सहयोगको घोषणा गर्ने सन्दिप पहिलो क्रिकेट खेलाडी हुन् । कोषमा कलाकार, व्यवसायी, कर्मचारी र सर्बसाधारणले सहयोग रकम घोषणा गर्ने क्रम जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।