सिटिका प्रशिक्षक ग्वार्डीवाला र मेसीद्धारा समान १ मिलियन युरो सहयोग

अन्य खेलकुद

एजेन्सी । ईङलिस क्लब म्यानचेष्टर सिटिका स्पेनिस प्रशिक्षक पेप ग्वार्डीओलाले कोरोना सक्रमित मुलुक स्पेनमा त्यसको बिरुद्ध लड्न १ मिलियन युरो सहयोग गर्ने घोषणा गरेका छन् । कोभिड १९ ले निक्कै प्रभाव पारेको स्पेनमा यसको उपचारमा संलग्न चिकित्सकलाई आवश्यक सामाग्री खरिदका लागि सो सहयोग उपलब्ध गराउने जनाएका हुन् । बार्सिलोनाका स्थायी बासिन्दा ग्वाडीओलाले आफुले सहयोग गर्ने रकम कसरी प्रयोग गर्ने भन्ने बिषयमा आफ्ना वकिलसंग छलफल गरेका थिए । युरोपेली मुलुक मध्ये स्पेन पनि कोरोनाको उच्च प्रभावित मुलुक मध्येको एक हो ।
बार्सिलोनाको मेडिकल कलेज तथा एक फाउण्डेशनमार्फत सो रकम खर्च गर्ने ग्वार्डीओलाले जनाएका छन् ।
त्यस्तै बार्सिलोनाका स्टाईकर लियोनल मेसीले पनि एक मिलियन युरो सहयोग गरेका छन् । बार्सिलोना क्ष्ँेत्रमा भएको सक्रमण रोकथाम तथा उपचारमा सहयोग होस भनेर मेसीले सो सहयोग गरेका हुन् । उनले बार्सिलोनाका सार्बजनिक अस्पातालमार्फत सो रकम खर्च गर्ने जनाएका छन् । स्पेनमा कोरोनाका कारण हालसम्म झण्डै ३ हजारको ज्यान गईसकेको छ । ४२ हजारभन्दा बढि सक्रमित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।