Logo

त्रासकै बिच ईन्टर मिलानले अभ्यास सुरु गर्दै

कैलाश
२०७६ चैत्र १२ , बुधबार ०२:०३ मा प्रकाशित

एजेन्सी । सिरि ए क्लब ईन्टर मिलानले कोरोनाको त्रासकै बिच अभ्यास सुरु गर्ने भएको छ । युरोपेली मुलुक मध्ये सबैभन्दा बढि प्रभावित ईटालीमा दिन प्रतिदिन कोरोनाको सक्रमण बढ्दै जादा ईन्टरले आन्तरिक अभ्यासलाई निरन्तरता दिन लागेको हो । १४ दिनको क्वारेन्टाईन पछि खेलाडी नियमित अभ्यासमा फर्कन लागेका हुन् । ईटालियन समाचार एजेन्सी एएनएसएका अनुसार बन्द रंगशालामा टोलीका सदस्यले अभ्यास थाल्ने छन् । युभेन्टससंग सिरि एको पछिल्लो खेल खेलेको ईन्टरले त्यसपछि आफ्ना सबै खेलाडीलाई क्वारेन्टाईनमा राखेको थियो । युभेन्टसको मैदानमा खेलेपछि युभेन्टसका खेलाडी डेनियल रुगानीमा कोरोना सक्रमण पुष्टि भएपछि ईन्टरले आफ्ना खेलाडीको स्वास्थ्य परिक्षण गरी क्वारेन्टाईनमा राखेको थियो ।
घरेलु लिग तथा अन्तराष्ट्रिय खेलहरु प्रभावित भइरहेका समय ईन्टरले अभ्यासलाई भने जारी राख्न लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?