आईसीसीको टि–२० वरियतामा नेपाल १५ औ स्थानमा यथावत

क्रिकेट खेलकुद

अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले सार्बजनिक गरेको टि–२० क्रिकेटको वरियतामा नेपाल १५ औ स्थानमा यथावत रहेको छ । गएराती सार्बजनिक गरेको वरियतामा नेपाल १ सय ८५ अंकका साथ १५ औ स्थानमा यथावत रहेको छ । २६ खेलबाट ४ हजार ८ सय २ अंक हात पारेको नेपाल युएई र आयरल्याण्डभन्दा एक अंकले पछि छ । १ सय ८६ अंक भएका आयरल्याण्ड र युएई क्रमश १३ औ र १४ औ स्थानमा छन् । टि–२० वरियतामा पाकिस्तान शीर्ष स्थानमा रहदा अष्ट्रेलिया दोस्रो र ईङल्याण्ड तेस्रो स्थानमा छन् । भारत, साउथ अफ्रिका, न्युजिल्याण्ड, अफगानिस्तान, श्रीलंका, बंगलादेश र वेष्टईण्डिज क्रमश चौथोदेखी दशौ स्थानमा रहेका छन् । महिलातर्फको टि–२० वरियतामा नेपाल १४ औ स्थानमा रहदा एक दिवसीय वरियतामा नेपाल १६ औ स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।