Logo

युद्धका समय मात्र सारिएको ईतिहास बोकेको ओलम्पिक, कोरोनाका कारण एक बर्ष पछि सर्यो

कैलाश
२०७६ चैत्र ११ , मंगलबार ०७:०३ मा प्रकाशित

एजेन्सी । बिश्वयुद्धका समय मात्र अबरुद्ध भएको ओलम्पिक खेलकुद यसपटक कोरोनाका कारण एक बर्ष पछि सरेको छ । अनेकौ चर्चा र विवादकाबिच ओलम्पिकको आयोजक जापान आफैले प्रतिकुल परिरिस्थितीका कारण एक बर्ष पछि सार्न प्रस्ताव गरेसंगै ओलम्पिक खेलकुद यो बर्ष नहुने निश्चित बनेको हो । आगामी जुलाई २४ बाट टोकियोमा ओलम्पिक खेलकुद गर्ने पुर्ब निर्धारित मिति कोरोना सक्रमणको चपेटामा परेको हो ।
ओलम्पिक खेलकुदलाई एक वर्ष पछाडि सार्न जापानले गरेको प्रस्तावलाई अन्तराष्ट्रिय ओलिम्पिक कमिटि (आइओसी) ले सहमती जनाएसंगै प्रतियोगीताका सम्बन्धमा देखीएको अन्यौलता अन्त्य भएको हो । जापानका प्रधानमन्त्री सिन्जो आबेले नयाँ समयसीमा बारे केही नबताए पनि २०२१ को समरमा गर्ने बताएका छन् ।
यद्यपि एकबर्ष पछि हुने ओलम्पिक खेलकुदलाई टोकियो ओलम्पिक २०२० कै नाम दिईन आबेले बताए । ओलिम्पिक कमिटिले २४ घण्टाभित्र औपचारिक रूपमा प्रतियोगिता सार्ने यस निर्णय अनुमोदन गर्ने संभावना छ । जापानले यसअघि ओलम्पिकका लागि आफु पुर्णत तयार रहेको बताएपछि अन्य मुलुकहरुले त्यसमा असहमती जनाउदै प्रतियोगीता सार्न दबाव दिएका थिए । ओलम्पिक छनोटका प्रतिस्पर्धा प्रभावित बन्दै गएपछि यसबारे थप अन्यौलता सृजना भएको थियो । क्यानडा र अष्ट्रेलियासंगै न्यूजिल्याण्ड,अमेरिका र बेलायतले समेत ओलिम्पिक्सको मिति सार्न माग गरेपछि जापानमाथी दबाव बढेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?