Logo

मंगलबार बिहान ६ बजेदेखि देशैभर लकडाउन

न्युजडेस्क
२०७६ चैत्र ११ , मंगलबार ०९:०३ मा प्रकाशित

सरकारले मंगलबार बिहान ६ बजेदेखि देशैभर लकडाउन गरेको छ । मंगलवार अर्थात (आज) देखि लागु हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ।

नेपालका ७७ वटै जिल्ला मंगलबारदेखि चैत १८ गतेसम्मका लागि यो नियम लागु हुने जनाएको छ । सोमबारको उच्चस्तरीय समन्वयन समितिको बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर ननिस्कन नदिने निर्णय गरेको हो।

औषधि उपचार, खानेपानीजस्ता अत्यावश्यकबाहेक सबै कार्यालयका कर्मचारीहरुलाई सोमबारदेखि कार्यालय नआउन पनि सरकारले निर्देशन दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?