Logo

चितवनस्थित कोरोना विषेश अस्पतालमा उपचार गराई रहेका एक युवकको मृत्यु

न्युजडेस्क
२०७६ चैत्र ११ , मंगलबार १२:०३ मा प्रकाशित

चितवनस्थित कोरोना विषेश अस्पतालमा उपचार गराई रहेका एक युवकको आज विहान मृत्यु भएको छ । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका ति युवक केही दिन अघि मात्रै उक्त अस्पतालमा उपचार गर्न आएका थिए ।मृतक युवकको स्वाब परिक्षणको रिपोर्ट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट आउन बाँकि रहदै उनको मृत्यु भएकाले मृत्युको कारण खुल्न नसकेको अस्पताल स्रोतले जानकारी दिएको छ । उनी कोरोना संक्रमित भएको वा अन्य कुनै कारणले मृत्यु भएको हो रिपार्ट आएपछि मात्रै थाहा हुने छ ।मृतकको परिचय खुलाइएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?