Logo

ओलम्पिक खेलकुद एक बर्षपछि सार्ने आईओसीको तयारी

न्युजडेस्क
२०७६ चैत्र ११ , मंगलबार ०९:०३ मा प्रकाशित

एजेन्सी । जापानको टोकियोमा आगामी जुलाई २४ बाट सुरु हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगीता एक बर्ष पछि सार्ने तयारी गरिएको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिका सदस्य डिक पाउण्डले गम्भीर परिस्थतीलाई ध्यानमा राखी ओलम्पिक खेलकुदलाई एक बर्ष पछि गर्ने तयारीमा आईओसी पुगेको उल्लेख गर्नुभयो ।
यथास्थितीमा ओलम्पिक आयोजना संभव नहुने भन्दै बिभिन्न मुलुकहरुले प्रतियोगीता सार्न दबाव दिईरहेका बेला कमिटिका सदस्यले एक बर्ष सार्ने तयारीमा आईओसी पुगेको जनाएका हुन् । मुख्य रुपमा बिश्वका बिभिन्न ठुला शहरमा आयोजना गर्ने भनिएको ओलम्पिकको छनोट प्रतियोगीता प्रभावित भएपछि मुख्य आयोजना नहुने निश्चित प्राय बनेको हो । तर अन्तराष्ट्रिय ओलम्पिक कमिटिले ४ सातापछि मात्र यसबारे औपचारिक निर्णय गर्ने जनाईसकेको छ ।
यो बिचमा क्यानडा र अष्ट्रेलियाले जापान ओलम्पिकमा आफना खेलाडी सहभागी नगराउने बताईसकेका छन् । यसले पनि आईओसीमाथी दबाव थपिएको हो ।
अमेरिकामा रहेका आईओसीका सदस्य पाउण्डले कमिटिले एक बर्ष ओलम्पिक खेलकुद सार्ने आधारभुत जानकारी आफुले पाएको बताउदै पुर्ब निर्धारित मितिमा प्रतियोगीता असंभव हुने बताएउनुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?