आईपीएलका बिषयमा हामीसंग कुनै जवाफ नै भएन : सौरभ गांगुली

क्रिकेट खेलकुद

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईका अध्यक्ष सौरभ गांगुलीले आईपीएलको भविश्यका बिषयमा आफुसंग कुनै जवाफ नभएको बताएका छन् । विश्वभरनै कोभिड १९ को सक्रमण उत्कर्षमा पुगेको तथा भारतमै पनि ५ सय भन्दा बढि सक्रमित भईसकेको अवस्थामा आईपीएल हुन सक्ला भन्नेमा आफुहरु नै अन्यौलमै रहेको गांगुलीको भनाई छ । भारतीय सञ्चारमाध्यमका अनुसार अप्रिल १५ को नयाँ मितीमा आईपीएल हुने संभावना निक्कै न्युन देखीएको छ । अध्यक्ष गांगुलीले यहि परिस्थितीमा विदेशी खेलाडी ल्याउन तथा समग्र व्यवस्थापन गर्न नै नसकिने संकेत गरेका छन् ।
मुलुकसंगै विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा रहेकाले सम्पुर्ण सरोकारवालासंगको छलफल पछि मात्र यकिन निर्णय सार्बजनिक गर्ने उनको भनाई छ । आज छलफल गर्ने बिसीसीआईको योजना भएपनि त्यो संभव नभएको उनले बताए । अब १० दिनको परिस्थिती मुल्याङकन गरेर आईपीएलका बिषयमा आधिकारिक निर्णय सार्बजनिक गर्ने गांगुलीको भनाई थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।