अनावश्यक रुपमा घर बाहिर ननिस्कौ, कोभिड १९ बिरुद्ध लड्नु अब हाम्रो जिम्मेबारी : कप्तान ज्ञानेन्द्र मल्ल

अन्य खबर

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले कोभिड १९ बिरुद्धको लडाई सफल पार्न अब हरेक नेपालीको काँधमा जिम्मेबारी आएको बताएका छन् । एक भिडियो सन्देश जारी गर्दै कप्तान मल्लले कोरोना रोकथामका लागि राज्यले गरेको पहलमा जनताको पनि साथ रहेको उल्लेख गरेका छन् ।
सुरक्षित र सचेत रहदै यसका सक्रमणबिरुद्ध एकजुट हुनुको विकल्प नरहेको भन्दै मल्लले घर बाहिर ननिस्कन तथा अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन् । यसबाट बच्न अपनाउनुपर्ने बिधि र प्रक्रिया अबल्बन गर्न आग्रह गर्दै मल्लले सचेत र गम्भीर रहन आम नेपालीमा आग्रह गरेका छन् ।
यसअघि राष्ट्रिय क्रिकेट टोलीका पुर्ब कप्तान पारस खड्का, फुटबल टोलीका सुजल श्रेष्ठ लगायत खेलाडीहरुले भिडियो सन्देश निकाल्दै सचेत रहन आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।