Logo

आईपीएल हुने संभावना न्युन, मंगलबार औपचारिक निर्णय आउने

न्युजडेस्क
२०७६ चैत्र ९ , आईतबार ०९:०३ मा प्रकाशित

एजेन्सी । बहुचर्चित फ्रेन्चाईज लिग ईण्डियन प्रिमियर लिग क्रिकेट सञ्चालन हुने वा स्थगीत गर्ने भन्ने बारे मंगलबार निर्ण हुने भएको छ । प्रतियोगीता सञ्चालनका बिषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले सबै टोलीसंग छलफल गर्न लागेको हो । विश्वव्यापी रुपमा बढ्दो कोरोना सक्रमणका कारण मार्च २९ का लागि तय गरिएको आईपीएल अप्रिल १५ का लागि सारिएको हो । सो मितिमा पनि प्रतियोगीता गर्न कठिन हुने आबाज उठिरहेका बेलाई बिसीसीआईले सबै टोलीसंग छलफल गर्न लागेको हो । भिडियो कन्फ्रेन्सबाट गर्ने छलफलबाट प्राप्त हुने सुझावका आधारमा प्रतियोगीताको भविश्य निर्धारण गर्ने बिसीसीआईले जनाएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले पनि आगामी २ महिनापछिका प्रतियोगीता धमाधम स्थगीत गरिरहेका बेला आईपीएल यहिबिचमा हुने संभावना भने न्युन रहेको छ ।
स्वयम भारतमा पनि कोरोनाको प्रभाव बढ्दो क्रममा रहेको तथा बीसीसीआईले आफ्ना सम्पुर्ण कार्यालय बन्द गरेको सन्दर्भमा त्यो संभावना न्युन देखीएको हो । फ्रेन्चाईज टोलीको सुझावका आधारमा आईपीएलको मिती पुन सार्ने वा स्थगीत गर्ने निर्णयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड पुग्न जनाएको छ । बोर्ड बन्द भएपछि बीसीसीआईका कर्मचारीहरुले घरबाटै काम गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?