Logo

कोरोनाले क्रिकेटमा पारेको प्रभाव, कुन कुन र कती प्रतियोगीता रोकिए ?

कैलाश
२०७६ चैत्र ८ , शनिबार ११:०३ मा प्रकाशित

एजेन्सी । चीनको वुहानबाट कोभिड १९ अर्थात कोरोना भाइरसको असर खेलकुदको क्षेत्रमा पनि उत्तिकै परेको छ । खेलकुदका फुटबल र क्रिकेटसंगै अन्य बिधामा पनि यसको असर परेको छ । व्यस्त तालिका रहने फुटबल र क्रिकेटका गतिबिधि पछिल्लो महिनायता पुर्णत ठप्प रहेका छन् । अधिकांश फ्रेन्चाईज लिगको तयारीमा रहेको क्रिकेटका यी ठुला प्रतियोगीताहरु रोकिए ।
१. बल्र्ड टेष्ट च्याम्पियनसीप : ९ वटा टेष्टराष्ट्र सहभागी वल्र्ड टेष्ट च्याम्पियनसीपका कम्तीमा १३ खेल कोरोनाको मारमा परेका छन् । यसै महिना हुने श्रीलंका र ईङल्याण्डबिचको २ टेष्टको सिरिजसंगै जुनमा हुने ईङल्याण्ड र वेष्ट ईण्डिजबिचको तीन टेष्टको सिरिज पनि कोरोनाका कारण रोकिएको छ । त्यस्तै जुलाईका लागि तय भएका ईङल्याण्ड र पाकिस्तानबिचको तीन म्याचको सिरिज, वेष्ट ईण्डिज र साउथ अफ्रिकाबिचको २ टेष्टको सिरिज र बंगलादेश र श्रीलंकाबिचको तीन टेष्टको सिरिज खेल रोकिएका छन् ।
अगष्टमा बंगलादेश र न्युजिल्याण्डको २ म्याचको टेष्ट सिरिजसंगै नोभेम्बरमा हुने बेष्ट ईण्डिज र न्युजिल्याण्डबिचको ३ म्याचको सिरिज, डिसेम्बरमा हुने ईण्डिया र अष्ट्रेलियाबिचको ४ खेलको सिरिज र न्युजिल्याण्ड र पाकिस्तानबिचको २ टेष्टको सिरिजको तालिका छ । जुलाईसम्मका खेलहरु प्रत्यक्ष मारमा परेका हुन भने त्यसपछिका खेलहरु बारेपनि अन्यौलता कायमै छ ।
२. ईण्डियन प्रिमियर लिग आईपीएल : बिश्वकै सर्बाधिक चर्चामा रहेको ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको नयाँ संस्करण पुर्णत प्रभावित हुने संभावना बढेको छ । मार्च २९ बाट सुरु हुने तय भएपनि भारत सरकारको निर्णयका कारण अप्रिल १५ सम्म प्रतियोगीता सारिएको छ । यद्यपी सो मितिमा पनि प्रतियोगीता हुने संभावना न्युन देखीएको छ । ८ टोलीको सहभागीता रहने प्रतियोगीताका लागि सबै टोलीले बिदेशी खेलाडी अनुबन्धनसंगै व्यवस्थापनका अधिकांश कामहरु सम्पन्न गरेका थिए ।
३. एकदिवसीय लिग : भारतमा सन् २०२३ मा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनोटकै रुपमा रहेको एक दिवसीय लिगका खेल पनि प्रभावित भएका छन् । वरियताको शीर्ष स्थानमा रहेका १३ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगीता कोरोनाको मारमा परेको हो । १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड्सले होम एण्ड अवेका आधारमा खेल्ने प्रतियोगीताका पुछारमा रहने ५ टोलीले एकदिवसीया विश्वकपको अन्तिम चरणको छनोट खेल्नुपर्ने हुन्छ । शीर्ष ८ टोलीले स्वत एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।
४. टि–२० विश्वकप क्रिकेट : अष्ट्रेलियामा हुने टि–२० विश्वकप क्रिकेट पनि कोरोनाको चपेटामा परेको छ । अक्टोबर १८ देखी नोभेम्बर १५ सम्मका लागि तय गरिएको प्रतियोगीता अन्य तालिकाको प्रभावका कारण थप अन्यौलमा परेको हो । कोरोना सक्रमणको त्रासको अवस्थापछि आईसीसीले निर्माण गर्ने नयाँ तालिकापछि मात्र यी प्रतियोगीताका बिषयमा आधिकारीक निर्णय आउने बताईएको छ ।
५.एसीया कप क्रिकेट ः पाकिस्तानमा आगामी सेप्टेम्बरका लागि तय गरिएको एसीसी एसियाकप क्रिकेट प्रतियोगीता पनि पछि सर्ने निश्चित भएको छ । कोरोना सक्रमणको असरका कारण अन्तिम चरणको छनोटपनि प्रभावित हुने निश्चित देखीएको छ । ६ टोलीले प्रतिस्पर्धा गर्ने एसियाकपको बिषयमा आईसीसीले पनी निर्णय लिन बाँकि छ । मुख्य रुपमा पाकिस्तानलाई दिईएको आयोजनाको जिम्मेबारीले पनि केहि प्रश्न उब्जाएको हो ।
६. द हन्ड्रेड क्रिकेट : ईङल्याण्डले आयोजना गर्न लागेको नयाँ फर्मेटको द हन्ड्रेड क्रिकेट प्रतियोगीतापनि कोरोनाको मारमा पारेको छ । महिला र पुरुषका छुट्टा छुट्टै रुपमा जुलाई–अगष्टमा गर्ने तयारीमा रहेको प्रतियोगीता अन्यौलमा परेको हो । महिला र पुरुषका स्पर्धामा समान ८ टोली सहभागी गराउने भनिएपनि विश्वव्यापी कोरोनाको असरका कारण द हन्ड्रेड प्रतियोगीता दोधारमा परेको हो । १ सय २० बलको टि–२० क्रिकेटकै स्वरुप घटाएर १ सय बलको प्रतियोगीताको प्रयोग गर्न लागिएको हो ।
७. लिग टु को सिरिज : एकदिवसीय विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको लिग टु सिरिजका योबिचका झण्डै आधा दर्जन सिरिज स्थगीत हुने अवस्थामा पुगेका छन् । छैटौ र सातौ सिरिज स्थगीत भईसकेको अवस्थामा त्यसपछिका ४ सिरिजपनि रोकिने संभावना छ । यस्तोमा सबैभन्दा बढि असर नेपाली क्रिकेटमा पर्नेछ । यो ३ महिनाको बिचमा नेपालले १२ खेल खेल्ने तालिका थियो । नेपालले खेल्ने नामिबिया सिरिज स्थगीत भईसकेको छ । त्यसबाहेक पपुवा न्यु गीनीमा हुने आयोजक, नेपाल र युएई, स्कटल्याण्डमा हुने आयोजक, नेपाल र नामिबिया, र नामिबियामा हुने आयोजक अमेरिका र पीएनजीबिचको सिरिज रोकिने संभावना बढि छ । अमेरिकामा हुने अमेरिका, स्कटल्याण्ड र युएई तथा नामिबियामा हुने नेपाल नामिबिया र स्कटल्याण्डबिचको सिरिज स्थगीत भईसकेको छ ।

८. वुमन्स टि–२० च्यालेन्ज : भारतीय क्रिकेट कन्ट्रोल बोर्डको अबधरणा अनुसार सन् २०१८ मा सुरु गरिएको वुमन्स टि–२० च्यालेन्ज क्रिकेट प्रतियोगीताका खेलहरु पनि यो बर्ष अन्यौलमा परेका छन् । आईपीएलकै मोडलमा महिला खेलाडीको एक्पोजरका लागि आयोजना हुदै आएको यो प्रतियोगीता आगामी महिना सञ्चालन गर्ने बिसीसीआईको तयारी थियो । हाल त्यसको संभावना न्युन देखीएको छ ।
यी बाहेक वल्र्डकप च्यालेन्ज लिग अन्र्तगत मलेसीया र युगान्डामा हुने प्रतिस्पर्धासंगै विश्वकप क्रिकेटका रिजनल छनोट खेलहरु, महिला एकदिवसीय च्याम्पियनसीप र बिभिन्न मुलुकमा भईरहेका र हुन लागेका अन्तराष्ट्रिय फ्रेन्चाईज लिगहरु प्रभावित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?