Logo

खेलाडीले पुरस्कार रकम पाउन पेश्की र बेरुजु फर्छौट गर्नुपर्ने

कैलाश
२०७६ चैत्र ७ , शुक्रबार १०:०३ मा प्रकाशित

 १३ औ दक्षिण एसियाली खेलकुद सागका पदकधारी खेलाडीले रकम प्राप्त गर्न पेस्की फर्छौट गरी बेरुजु नरहेको घोषणा गर्नुपर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले सरकारले घोषणा गरेको रकम प्राप्त गर्न खेलाडी, प्रशिक्षक तथा खेल संघलाई पेश्की तथा बेरुजु फर्छौट गर्न आग्रह गरेको हो । घोषणा गरिएको रकम निकासा भईसकेको भन्दै मन्त्रालयले सरकारलाई बुझाउन वा तिर्न बाकि रकम नरहेको स्वघोषणा गरी विवरण अद्यावधिक गर्न आग्रह गरेको हो । पेश्की र बेरुजु रकम फर्छौट भईसकेपछि मात्र रकम प्राप्तीको प्रक्रिया अघि बढाउने मन्त्रालयले स्पष्ट पारेको छ ।
सागमा स्वर्ण, रजत र कास्य जित्ने खेलाडीसंगै प्रशिक्षक र खेल संघलाई पनि प्रोत्साहान रकम उपलब्ध गराउने घोषणा गरेको थियो । बुधबार बसेको खेलकुद पुरस्कार तथा सम्मान समितीको बैठकले पछिल्लो निर्णय गरेको हो । सरकारले पदकधारी ४ सय ३४ खेलाडी, १ सय १० प्रशिक्षक र २५ खेल संघलाई प्रोत्साहान तथा पुरस्कार रकम प्रदान गर्ने घोषणा गरेको थियो । सोहि अनुरुप रकम निकासाको अन्तिम प्रक्रियाका रुपमा समितीले अन्तिम कार्यबिधि निर्माण गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?