Logo

देशव्यापी खेलकुद गतिबिधि ठप्प रहेका बेला झापामा भने भेट्रान फुटबल हुदै

न्युजडेस्क
२०७६ चैत्र ६ , बिहीबार ०३:०३ मा प्रकाशित

नेपालसहित विश्वभर खेलकुदका सम्पुर्ण गतिबिधि ठप्प भएका बेला झापामा भने चैत्र १५ गतेबाट भेट्रान फुटबल प्रतियोगीता आयोजना हुने भएको छ । प्रदेश नम्बर एक स्तरिय पहिलो कर्ण बहादुर स्मृती भेट्रान कपको नाममा प्रतियोगीता हुन लागेको हो । २४ गतेसम्म चल्ने प्रतियोगीतामा प्रदेश एकका १० टोलीको सहभागीता रहने आयोजकले जानकारी गराएको हो । दुधे खेल मैदानमा हुने प्रतियोगीतामा विराटनगर, ईटहरी, धरान, दमक, सुरुङगा, चन्द्रगढि, विर्तामोड, धाईजन र आयोजकका ए र बी गरी २ टोलीको सहभागीता रहने खेल संयोजक सन्तोष थोप्राले जानकारी दिनुभयो ।
भेट्रान फुटबलको विजेताले ७५ हजार र उपविजेताले ४५ हजार रुपैया हात पार्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?