Logo

लिग टु अन्र्तगत नेपालले खेल्ने दोस्रो सिरिज पनि स्थगीत

कैलाश
२०७६ चैत्र ५ , बुधबार ११:०३ मा प्रकाशित

एकदिवसीय विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको लिग टु अन्तर्गत नेपालको दोस्रो सिरिज स्थगीत भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले नामिबियामा अप्रिल तेस्रो साताबाट हुने गरि तय गरिएको सिरिज तत्कालका लागि स्थगीत गरेको हो । नेपालले आफ्नो दोस्रो सिरिजका रुपमा नामिबियामा आयोजक र स्कटल्याण्डसंग सिरिज खेल्ने पुर्बनिर्धारित तालिका थियो । आईसीसीले तीनै मुलुकको आपसी समझदारीमा अर्को मिती तय हुने जनाएको छ । यद्यपी कोरोना सक्रमणको अवस्थालाई समेत हेरेर निर्णय गर्ने आईसीसीले जनाएको छ । कोरोना भाईरसको बढ्दो सक्रमणका कारण लिग टु अन्तर्गत स्थगीत भएको यो दोस्रँे सिरिज हो । यसअघि लिग टु को छैटो सिरिज पनि स्थगीत भईसकेको छ । अमेरिकामा हुने भनिएको सिरिजमा स्कटल्याण्ड र युएईबिच प्रतिस्पर्धा हुने तय भएको थियो ।
नेपालले आफ्नो तेस्रो सिरिज जुनमा पपुवा न्यु गीनीमा खेल्ने तय भएको छ । जसमा घरेलु टोली, युएई र नेपालले प्रतिस्पर्धा गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?