Logo

अर्को महिना हुने गोल्डकप पनि प्रभावित हुने

न्युजडेस्क
२०७६ चैत्र ५ , बुधबार ११:०३ मा प्रकाशित

कोरोना सक्रमणका कारण घरेलु मैदानमा चैतमा हुने अधिकांश प्रतियोगीता स्थगीत भएसंगै त्यसको असर अर्को महिनाका लागि तय गरिएका प्रतियोगीताहरुमा पर्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सार्बजनिक गरेको तालिका अनुसार यसैमहिनामा झण्डै दर्जन घरेलु गोल्डकप हुनुपर्ने हो । तर यी गोल्डकप अन्यौलमा पर्दा त्यसको असर यसपछि हुने गोल्डकपमा पर्ने निश्चित देखीएको छ ।
एन्फाको तालिका अनुसार यसै महिना बिशाल मेमोरियल गोल्डकप, नेपालगञ्ज गोल्डकप, भरतपुर गोल्डकप, मकवानपुर गोल्डकप, दुहबी गोल्डकप, उदयपुर गोल्डकप, सुदुरपश्चिम गौरिगंगा गोल्डकप, सिमरा गोल्डकप, मदनभण्डारी गोल्डकप, सिन्धु गोल्डकप, काभ्रे गोल्डकप लगायतका प्रतियोगीता हुनुपर्ने हो । एन्फाले यसबारे औपचारिक निर्णय लिन नसक्दा तत्कालका लागि रोकिएका प्रतियोगीता कहिले सञ्चालन हुन्छन भन्ने अन्यौलता बढेको हो । यसको असर यसपछिका लागि तय गरिएका प्रतियोगीताहरुमा स्वत पर्ने भएको हो ।
एन्फा प्रबक्ता किरण राईले आगामी परिस्थितीको मुल्याङकन गरी आवश्यक निर्णय लिने बताउनुभयो । यहिबिचमा राष्ट्रिय खेलकुद परिषद राखेपले एक साताका लागि सम्पुर्ण खेलकुद गतिबिधि रोकन निर्देशन दिएको छ । यहि अवस्था लम्बिए अधिकांश गोल्डकप प्रतियोगीता यो बर्ष स्थगीत हुने संभावना बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?