Logo

आजका दुबै खेल बराबरीमा सकिए, बि डिभिजन लिग पनि एक साताका लागि स्थगीत

न्युजडेस्क
२०७६ चैत्र ४ , मंगलबार ०६:०३ मा प्रकाशित

सहिद स्मारक बि डिभिजन लिग फुटबलका आजका दुबै खेल स्थगीत भएका छन् । आजको पहिलो खेलमा रानीपोखरी कर्नर टिम आरसिटि र व्वाईज युनियन क्लबले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । ब्वाईजको लागि टंक बहादुर स्याङ्देन र प्रदिप बोगटीले गोल गरे । आरसीटीका अजित गुरुङ र नविन मान कर्माचार्यले बललाई जाली चुमाए । बराबरीसँगै ब्वाईजले ६ खेलबाट ८ अंक जोडेको छ । समान खेलबाट आरसीटीको ६ अंक भएको छ ।
आजै भएको दोस्रो खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब झम्सीखेलसंग एक एकको बराबरीमा रोकिएको छ । दशौ मिनेटमा भुवन राईको गोलबाट झम्सीखेलले बनाएको अग्रता सातदोबाटोले ७१ औ मिनेटमा उल्टाएको थियो । बिरेन्द्र लिम्बुले गोल गर्दै सातदोबाटोको हार टारेका थिए । ६ खेलबाट १६ अंक जोडेको सातदोबाटो शीर्ष स्थानमा यथावत रहदा झम्सीखेल ६ अंकमा नवौ स्थानमा उक्लिएको छ ।
यसैबिच बि डिभिजन लिग फुटबलका खेलहरु पनि एक साताका लागि स्थगीत भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले सम्पुर्ण खेलकुद गतिबिधि एक साताका लागि बन्द गर्न निर्देशन दिएसंगै लिगका खेलहरु १२ गतेसम्मलाई स्थगीत भएका हुन् । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी अवस्था हेरेर थप निर्णय गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?