Logo

माईभ्याली गोल्डकपको उपाधिका लागि मच्छिन्द्र र आयोजक भिड्दै

कैलाश
२०७६ फागुन २४ , शनिबार ०९:०३ मा प्रकाशित

ईलाम । ईलाममा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकप फुटबल प्रतियोगीताको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र आयोजक माईभ्याली एफसीबिच प्रतिस्पर्धा हुदैछ । सदरमुकामस्थित ठुलो टुडीखेलको मैदानमा दिउसो ३ बजे फाईनल खेल सुरु हुनेछ । ए डिभिजन लिग विजेता मच्छिन्द्रले त्यस लगत्तै झापाको साताक्षी गोल्डकपको उपाधि जितेको थियो । सिजनको तेस्रो उपाधि हात पार्ने योजनाका साथ मच्छिन्द्र घरेलु टोलीबिरुद्ध मैदान उत्रनेछ ।
घरेलु टोली भने घरेलु मैदानमा ऐतिहासिक उपाधि हात पार्ने लक्ष्यमा छ । राम्रो लयमा रहेको आयोजक यसअघि हात पारेको नतिजाका कारण केहि उत्साहित देखीएको छ ।
मछिन्द्रले सेमिफाइनलमा मानेभञ्जाङ फुटबल क्लब दार्जेलिङलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । आयोजकले त्रिभुवन आर्मीलाई सडनडेथमा हराउँदै ऐतिहासिक फाईनल यात्रा तय गरेको थियो । गोल्डकपको उपाधि विजेताले ८ र उपविजेता टोलीले ५ लाख रुपैया हात पार्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?