Logo

मैदानको खराब अवस्थाका कारण नेपाल र सिंगापुरबिचको खेल स्थगीत

कैलाश
२०७६ फागुन २३ , शुक्रबार १०:०३ मा प्रकाशित

थााईल्याण्डमा जारी एसीसी ईष्टर्न रिजन टि–२० क्रिकेट प्रतियोगीता अन्र्तगत नेपाल र सिंगापुरबिचको खेल स्थगीत भएको छ । बैङककस्थित टर्डथाई क्रिकेट मैदानको अवस्थाका कारण खेल स्थगीत भएको हो । बिहानसम्मको बर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल स्थगीत गरिएको हो । खेल स्थगीत भएसंगै नेपाल र सिंगापुर दुबैलाई एक एक अंक प्रदान गरिएको छ ।
सुरुवाती दुई खेल गुमाएर यसअघिनै उपाधि होडबाट बाहिरिसकेको नेपाल ५ राष्ट्र सहभागी प्रतियोगीतामा ३ अंकसहित चौथो बन्दै स्वदेश फर्कने भएको छ । यो बराबरीसंगै सिंगापुर एसीसी ईष्टर्न रिजनको विजेता बनेको छ । सुरुवाती ३ खेलमा जित निकालेको सिंगापुर प्रतियोगीताभर अपराजित रह्यो ।
आजै हुने मलेसीया र हङकङबिचको विजेता टोलीले एसीय कपको अन्तिम छनोटमा स्थान बनाउनेछ । पश्चिमी क्ष्ँेत्रबाट युएई र कुवेतले छनोटमा प्रतिनिधित्व गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?