Logo

एपीएफलाई हराउदै झापा–११ आहा रारा गोल्डकपको क्वार्टरफाईनलमा

कैलाश
२०७६ फागुन २३ , शुक्रबार ०५:०३ मा प्रकाशित

विभागीय टोली नेपाल एपीएफलाई हराउदै झापा-११ आहा रारा गोल्डकपको क्वार्टरफाईनलमा प्रबेश गरेको छ । पोखरा रंगशालामा आज भएको दोस्रो प्रि-क्वार्टरफाईनलमा एपीएफलाई टाईब्रेकरमा ५–३ ले हराउदै झापाले अन्तिम आठमा स्थान बनाएको हो । निर्धारित र थप गरिएको समयमा दुबै टोलीले एक एकको बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको हो । जसमा झापा भाग्यमानी बन्यो । झापाका लागि हेमन्त थापा मगर, मौसम लिम्बु, प्रमोद चौधरी, बिशाल दर्जी र संजित राईले गोल गरे । एपीएफका नविन लामा, राजिव लोप्चन र राजु नगरकोटीले गोल गरे । सुदिप शील्पकारको प्रहार झापाका गोलरक्षक राजकुमार लिम्बुले रोकेका थिए ।
९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयको २० औ मिनेटमा सुनिल खड्काले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । अन्तिम मिनेटमा आकाश बुढामगरले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याएका थिए ।
नियमित खेलको ५३ औ मिनेटमा पाएको पेनाल्टिको अवसरमा सविन लामा चुक्दा एपीएफले अग्रता बनाउने अवसर गुमाएको थियो । झापाका गोलरक्षक राजकुमार लिम्बुले सो प्रहार सजिलै बचाएका थिए । ६४ औ मिनेटमा प्रबिन स्याङतान राम्रो अवसरमा चुक्दा एपीएफले अग्रता बनाउने अर्को अवसर खेर फालेको थियो । खेलमा ५३ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेको एपीएफले खेल अवधीभर १३ प्रहार गरेपनि जाली भने चुम्न सकेनन् । खेलमा ४७ प्रतिशत बल पोजिशन बनाएपनि झापाले एपीएफको पोष्टमा राम्रा अवसर बनाएको थियो । तर उ सफल बन्न सकेन् ।
झापाले सेमिफाईनल प्रबेशका लागि मनाङ मस्र्याङदी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी गोल्डकपको उपाधि विजेताले १० र उपविजेताले ५ लाख रुपैया हात पार्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?