Logo

कोरोनाको त्रासले ईपीएल अन्योलमा, गोल्डकपका खेलहरु पनि प्रभावित बन्न सक्ने

कैलाश
२०७६ फागुन २२ , बिहीबार ०८:०३ मा प्रकाशित

विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाईरसको सक्रमणका कारण विभिन्न ५० भन्दा बढि राष्ट्र आक्रान्त बनेका छन् । कोरोनाको त्रासले सर्बसाधारणमा स्वास्थ्य जटिलता मात्र होईन मुलुकहरुमा आर्थिक मन्दी र संकटको अवस्थापनि सुरु भएको छ । यसै सक्रमणका कारण खेलकुद क्षेत्रमा पनि ठुलो प्रभाव पारेको छ । ईटालीमा विकराल अवस्थामा पुगेको सक्रमणका कारण सिरि ए फुटबलका खेलहरु रद्द भएका छन् ।
पछिल्लो समय विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति संवेदनशील क्षेत्रका रुपमा समावेश गरेपछि नेपालमा हुने अन्य गतिबिधिमा असर परेजस्तै खेलकुदका प्रतियोगीताहरुमा पनि प्रभाव पर्ने संभावना देखिएको छ । सरकारले ठुला सभा, कार्यक्रम र भिड हुने कार्यक्रम तत्कालका लागि स्थगीत गर्न आग्रह गरेसंगै मुलुकका बिभिन्न स्थानमा हुने तय भएका कार्यक्रमहरु ध्माधम स्थगीत हुदै गएका छन् ।
मानिसको भिड हुने कार्यक्रममा अस्थायी रुपमा लगाईएको प्रतिवन्धको असर निकट भविश्यमा हुने एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलसहित अन्य प्रतियोगीताहरु प्रभावित बन्ने संभावना बढेको छ । सरकारको निर्देशनलाई लिएर राष्ट्रिय खेलकुद परिषद राखेपले सरोकारवालासंग छलफल तिब्र पारेको छ । ईपीएलको आयोजक एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रालीले भोली पत्रकार सम्मेलनको आयोजना गरेको छ । बिषय नखुलाईएपनि संभवत प्रतियोगीतालाई तत्काल स्थगनको निर्णय पत्रकार सम्मेलनमार्फत आउने संभावना छ ।

त्यस्तै विश्वकप छनोट फुटबल अन्तर्गत अष्ट्रेलिया र चाईनिज ताईपेईबिरुद्ध घरेलु मैदानमा हुने प्रतिस्पर्धा पनि सर्ने करिव करिव निश्चित भएको छ । काठमाण्डौमा हुने खेल तोकिएको मितिमा नगर्न आग्रह गर्दै अष्ट्रेलियाले एसीयाली खेलकुद परिषद एएफसीमा निवेदन दिएको छ ।
राखेपले अखील नेपाल फुटबल संघ एन्फासंग पनि छलफल चलाईरहेकाले निकट भविश्यमा हुने गोल्डकपका बिषयमा पनि निर्णय आउने संभावना छ । भोलीबाटै पोखरामा आहा रारा गोल्डकप सुरु हुदैछ । त्यस्तै सर्लाहिमा राजर्षी जनक कप, उपमेयर महिला लिग लगायतका प्रतियोगीता सुरु हुने तयारीमा छन् ।
कोरोनाको संभावित असरलाई ध्यानमा राखी सरकारले मुलुकभरका विद्यालयहरुलाई पनि चैत्र ५ गतेभित्र परिक्षा सकेर विद्यालय बन्द गर्न निर्देशन दिईसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?