Logo

कुशल र पवनको बिष्फोटक व्याटिङमा थाईल्याण्डविरुद्ध नेपालको शानदार जित

कैलाश
२०७६ फागुन २१ , बुधबार १०:०३ मा प्रकाशित

थाईल्याण्डमा जारी एसीसी ईष्टर्न रिजन टि–२० क्रिकेट प्रतियोगीतामा नेपालले शानदार जित हात पारेको छ । आफ्नो तेस्रो खेलमा नेपालले आज आयोजक थाईल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । थाईल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले ५ दशमलव ३ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो नेपालको जितमा कुशल मल्लले सर्बाधिक ३६ रनको योगदान गरे । १८ बलमा कुशलले ५ चौका र २ छक्का बनाए ।
पवन सर्राफ २७ रनमा अविजित रहदा र पारस खड्काले ९ रन बनाए । १० बलमा पवनले ३ छक्का र २ चौका प्रहार गरे । थाईल्याण्डका नापहोन सेनामन्त्रीले नेपालको एक विकेट लिए ।
यसअघि बैङककस्थित टर्डथाई क्रिकेट मैदानमा टस जितेर व्याटिङमा उत्रिएको थाईल्याण्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर ६६ बनाएको थियो । फिरियोपोङ सान्चुवाई र हेनो जोर्डनले समान १३ रन बनाएको थाईल्याण्डको ईनिङसमा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालका करण केसीले ३ तथा अबिनाश बोहोराले २ विकेट लिए । सन्दिप लामिछाने र भुवन कार्कीले समान एक विकेट लिए । थाईल्याण्डका ३ ब्याट्सम्यान रनआउट भएका थिए ।
यो जितसंगै नेपालको शीर्ष २ मा पुग्ने संभावना जिवितै छ । तर हङकङले बाँकि दुबै खेलमा फराकिलो अन्तरले सिंगापुर र मलेसीयालाई हराउनुपर्नेछ । आजै हङकङ र सिंगापुरबिच पनि प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?