श्रीमदभागवत पुराणको कलश शोभायात्रा भव्य

अन्य खबर

सहदेव कार्की/मन्दिर बनाउने उद्देश्य लियर श्रीमदभागवत धन धान्याण्चल सप्ताह ज्ञान महायज्ञ शुभारम्भको कलश शोभायात्रा जलपत्र घढा लियर भक्तजनहरुले इटहरी बजार , राधाकृष्ण मन्दीर परिक्रमा गरि कथावाचन मन्चासन्पुगेर बिसर्जन भएकोछ ।
इटहरी उपमहानगर८ नं फुलबारीटोलमा फागुन १९ सोमबार बाट सुरुहुने श्रीमदभागवत पुराण कथा वाचक मुख्य पन्डित लोमश शरण उपाध्यय का साथ पं बेद प्रसाद घिमिरे लगायत बिज्ञ ब्रह्माण द्वारा दैनिक २ समय कथा पाठ पारायण हुनेभएकोछ ।
स्थानीय फुलबारे भजन क्रीतन तथा आध्यात्मीक सत्सङ सेवा समाजका साथ अन्य मानव हितकारी सङ संघस्थाको सहयोगसाथको आयोजनामा ७ दीन सम्म चल्ने महायज्ञमा बिहान आरती ,कथा वाचन र सांझ कथा वाचन , आरती र नन्दोत्सब , कृष्ण रुकमिणी बिवाह र सुदामा चरित्र का विशेष झांकी प्रदर्शन हुने भएकोछ । उक्त पुराणको मुख्य उद्येश्य भनेको स्थानीय हेमसागर टिमल्सिनाले सामुदायिक हितकार्यलाई नि शुल्क उपलभ्द गराउनु भएको ० ३ , धुर जग्गामा राधाकृष्ण मन्दीर बनाउन भक्तजनहरुद्वारा थप सहयोग दान प्राप्त भैदिने शुभेच्छा लियेर श्रीमदभागवत महायज्ञ आयोजना गरिएको समितिका अध्यक्ष टिका खनालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।