Logo

फाईनल पुग्न नेपालको कठिन समिकरण कस्तो छ ?

कैलाश
२०७६ फागुन २० , मंगलबार ०७:०३ मा प्रकाशित

थाईल्याण्डमा जारी एसीसी टि–२० ईष्टर्न रिजन क्रिकेटमा सुरुवाती दुबै खेल गुमाएको नेपालको शीर्ष दुईमा रहन निक्कै कठिन देखिएको छ । तर गणीतिय संभावना भने कायमै छ । शीर्ष दुईमा रहेर एसीयाकप टि–२० को छनोटमा पुग्न नेपालले थाईल्याण्ड र सिंगापुरलाई फराकिलो अन्तरले हराउदै अन्यको नतिजापनि आफु अनुकुल आउन जरुरी छ ।
सिंगापुर र हङकङले एक एक खेल मात्र खेलेकाले नेपालको संभावना निक्कै न्युन देखिएको छ । सुरुवाती दुबै खेलमा जित हात पारेर शीर्ष स्थानमा रहेको मलेसीयाले बाँकि दुबै खेलमा जित हात पारे नेपाललाई फाईदा पुग्नेछ । मलेसीयाले सिंगापुर र हङकङसंग खेल्न बाँकि छ । त्यस्तै आयोजक थाईल्याण्डले हङकङलाई हराए नेपालका लागि बाटो सहज बन्नेछ । तर त्यो संभावना कठिन रहेको छ । प्रतियोगीताकै सबैभन्दा कमजोर टोली थाईल्याण्डले हङकङलाई हराउन ठुलै संर्घष गर्नुपर्नेछ । तथापी क्रिकेटमा आउने अप्रत्यासी नतिजाले त्यो संभावना पनि नकार्न भने सकिन्न ।
सिंगापुर र हङकङको खेलमा जुनसुकै टोलीले जित निकाले पनि त्यो झिनो अन्तरको भए, नेपाललाई फाईदा पुग्नेछ । यस्तोमा मलेसीया ८ अंकमा शीर्ष स्थानमा रहदै एसीयाकप क्वालिफायरमा पुग्नेछ । अर्को टोली राम्रो रनरेटमा ४ अंक हात पारेको टोली हुनेछ । जसमा सिंगापुर, हङकङ र नेपाल मध्ये एकको संभावना रहन सक्छ ।
त्यो संभावना कायम राख्न भोली हुने खेलले ठुलो अर्थ राख्छ । भोली हुने सिंगापुरबिरुद्धको खेलमा मलेसीयाको जितको कामना गर्दै नेपालले थाईल्याण्डबिरुद्ध हङकङको हारको प्रतिक्षा गर्नुपर्नेछ । भोली सिंगापुर र हङकङ विजयी भए, नेपालको संभावना २ खेल अगावै सकिनेछ । किनकी हङकङ र सिंगापुरबिचको प्रतिस्पर्धामा एकको जित निश्चित हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?