Logo

एल क्लासीको भिडन्तमा रियलको जित

कैलाश
२०७६ फागुन १९ , सोमबार ०७:०३ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको पहिलो एल क्लासीको भिडन्तमा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा बार्सिलोनालाई २–० ले हराउदै रियल शीर्ष स्थानमा फर्किएको हो । उसलाई सहज जित दिलाउन भिनिसियस जुनियर र मारिनोले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७१ औ मिनेटमा रियलले खेलमा अग्रता बनाएको थियो । जुनियरले टोलीका लागि पहिलो गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा बल पोजिशनमा नियन्त्रण जमाएपनि बार्साले अवसरको सदुपयोग गर्न सकेन् । ईन्ज्युरी समयमा मारिनोले अर्को गोल गर्दै रियलको जित निश्चित पारेका थिए । २६ खेलबाट ५६ अंक जोडेको रियलले बार्सिलोनालाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा फर्किएको हो ।
गएराती नै भएका अन्य खेलहरुमा सेभियाले ओसासुनालाई ३–२ ले हराउदा भियारियल एथ्लेटिको बिल्वाओसंग १–० ले स्तब्ध भयो । यो जितले सेभियालाई तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एथ्लेटिको बिल्वाओ १० औ स्थानमा पुगेको छ । मायोरकालाई १–० ले हराएको गेटाफे चौथो स्थानमा उक्लिएको छ । एट्लेटिको मड्रिड भने स्पानियोलसंग एकक एकको बराबरीमा रोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?