Logo

एसीसी ईष्टर्न रिजन क्रिकेटको दोस्रो खेलमा नेपाल, हङकङसंग भिड्दै

कैलाश
२०७६ फागुन १८ , आईतबार ०७:०३ मा प्रकाशित

थाईल्याण्डमा जारी एसीसी ईष्टर्न रिजन टि–२० क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज हङकङसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा मलेसीयासंग २२ रनले पराजित भएको नेपाल हङकङबिरुद्ध पुर्णरुपमा दबावमा हुनेछ । बैङककस्थित टर्डथाई क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान सवा ८ बजे नेपाल र हङकङबिचको प्रतिस्पर्धा सुरु हुनेछ । प्रतियोगीताको पहिलो खेल खेल्न लागेको हङकङ नेपाललाई हराउदै विजयी सुरुवात गर्ने योजनामा रहेको छ । शीर्ष २ मा रहदै एसीयाकप छनोटमा स्थान बनाउन नेपाललाई आजको खेलसंगै बाँकि २ खेलमा पनि शत प्रतिशत नतिजा आवश्यक छ ।
आजै आयोजक थाईल्याण्ड र मलेसीया पनि आमने सामने हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?