Logo

मनाङ बुढासुब्बा गोल्डकपको उपाधि नजिक

कैलाश
२०७६ फागुन १४ , बुधबार ०८:०२ मा प्रकाशित

धरान । ए डिभिजन टोली मनाङ मस्र्याङदी क्लब २२ औ बुढासुब्बा गोल्कप फुटबलको उपाधि नजिक पुगेको छ । सुनसरीको धरानस्थित रंगशालामा आज भएको पहिलो सेमिफाईनलमा पाहुना टोली युकेएफसी भारतलाई २–० ले हराउदै मनाङले फाईनल यात्रा तय गरेको हो ।
मनाङ जिताउन विमल राना र दयानन्द सिंहले गोल गरे । खेलको २० औ मिनेटमा बिमलको गोलमा अग्रता बनाएको मनाङका लागि दयानन्दले ईन्ज्युरी समयमा गोल थपेका थिए । एकपक्षिय खेलमा मनाङले अधिकांश समय भारतीय टोलीलाई दबाबमा राखेको थियो ।
मनाङले गोल्डकपको उपाधिका लागि भोली हुने दोस्रो सेमिफाईनलको विजेतासंथ १७ गते प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनलमा भोली लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र विभागीय नेपाल पुलिसबिच प्रतिस्पर्धा हुनेछ ।
गोल्डकपको उपाधि विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?