Logo

फुटबलबाट कर्णालीलाई चिनाउदै शाही

न्युजडेस्क
२०७६ फागुन १४ , बुधबार ०१:०२ मा प्रकाशित

राज कुमार श्रेष्ठ/भाग्य पनि कस्तो, आखाँ अगाडीको चिजलाई पनि घुमाउन पुग्यो । आज भन्दा करिब १३ वर्ष अगाडी अर्थात २०६३ सालमा पनि त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन हुनबाट उसलाई नेपाल पुलिस क्लबले बाधक बनायो । त्यस्तै यसपालिको सहिद स्मारक ए डिभिजन लिग २०७६ मा पनि आर्मीलाई लिग च्याम्पियन हुनबाट मछिन्द्र फुटबल क्लबले बाधक बनायो ।

२०६३ र २०७६ दुवै खेलमा आर्मीलाई ड्र गरेपनि लिग च्याम्पियन बनाउने ठुलो सम्भावना भएपनी दुवै खेलमा हर्न पुग्दै लिग च्याम्पियन हुनबाट टाढा भयो ।यो तितो यर्थाथले अझै पनि मनमा नराम्रो सम्झना बनि बसिरहेको कुरा युद्ध शाही बताउछन् । हामी खेलाडी, कोच, व्यवस्थापक सबै लागी पर्दा पनि लिग जित्न नसक्दा सरै दुखी रहेका छौँ । लिग जित्ने निकै राम्रो अवसरलाई खेर फ्यालिम, फेरि पनि यस्तो सुनौलो अवसर बारम्बार आउदैन । विश्वमा सबै भन्दा बढी खेलिने र मन पराउने खेल फुटबल हो ।

नेपालमा पनि फुटबलको सुरुवात निकै पुरानो भएतापनी निकै विकट कर्णाली प्रदेशको प्रतिनिधित्व कहिले पनि हुन सकेको थिएन तर २०६३ साल देखी भने उक्त विकट कर्णाली प्रदेशको भुमिको माटोले युद्ध शाहीलाई तयार गरेको रहेछ ।युद्ध शाही वि.सं. २०४२ चैत्र २४ गते जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा न १० मा पिता पृथ्वी बहादुर शाही र माता मुक्ती शाहीको कोखबाट कान्छा सन्तानको रुपमा युद्ध शाहीको जन्म भएको थियो । शाहीको दुई दिदि र एक दाइ रहेको छन ।शाहीको बाल्यकाल जुम्ला जिल्लामै बित्यो । उनि सानो उमेरमा नै निकै चनचले स्वभावका थिए ।

गाउँघरमा उनि साथीभाइहरुसंग मोजा भित्र कपडा खादेर बल बनाई (द्यारा चौर) कोटेवाडा स्थीत जनज्यती विद्यालयको चौरमा खेल्ने गर्थे । त्यतिखेर शाही स्थानीय लेकाली युवा क्लबबाट जिल्ला स्तरीय प्रतियोगिता खेल्दै आफुलाई अबल त साबित गर्दै प्रतियोगितामा उत्कृष्ट खेलाडी साथै म्यान अफ द म्याच समेत प्राप्त गर्दै झन अगाडी बढ्न थप सहयोग पुग्यो । यसरी उनको बाल्यकाल बित्ने क्रममा वि.सं. २०६१ सालमा कालिकोट जिल्लाको महादेव मा.वि. फोइकोटबाट द्धितिय श्रेणीमा एस.एल.सि उतिर्ण गरेका हुन । त्यसपछि आफ्नो पढाइलाई निरन्तर दिन सकेन ।

“प्रतिभा सवै सित हुन्छ । तर प्रतिभालाई दाहोर्याएर लैजाने र डरलाग्दा संघर्षहरुसंगै विभिन्न जटिलाताका वावजुत अगाडि बढ्ने शाहास विरलै मानिसले मात्र गर्दछन् ।”त्यो शाहास युद्ध शाही थियो र त केहि समयको अन्तराल पछि उनि नेपाल आर्मीमा सुर्खेत जिल्लाबाट वि.सं. २०६० सालमा भर्ती भइ अहिले सम्म सेवा रक्त छन ।

“हुनु न हार दैवले टार” भने झै २०६३ सालमा मार्सलड आर्ट अन्तर्गत करातेबाट नेपाल आर्मीको खेल क्षेत्रमा प्रवेश गरे । उनि करातेका “टु डन” पनि हुन तर १० महिना नबित्दै उनि फुटबलमा ट्राइल दिदा आफ्नो जादुमय डिफेन्सिस खेल्ने शैलीले गर्दा उनि नेपाल आर्मीको फुटबल टिममा आफुलाई पनि स्थापित गर्न थाले । सानै देखी राम्रो फुटबल खेल्ने शाही सुरुका दुई वर्ष ब्रेन्चमै बिताए ।

वि.सं. २०६५ सालमा युद्ध शाहीसंग वैवाहिक जीवनमा बाधिएका थिए सरिता शाही । बिहे गरेकै सालबाट शाहीले आर्मीको फस्ट ११ बाट खेल्न थालेका हुन ।उनको एक मात्र सन्तान छन् । शाहीका छोरा अनिश जंग शाही अहिले आठ वर्षका भएका छन ।उमेरले ३४ पुगिसकेका शाहीले २०६३ सालबाट निरन्तर रुपमा आर्मीबाट फुटबल खेल्दै आएका शाही अझै २, ३ वर्ष आर्मीका लागी फुटबल खेल्ने सोचमा रहेको बताउँछन् । यसपाली सहिद स्मारक ए डिभिजन लिगमा आर्मीले दोस्रो स्थानमा चित बुझाउन पर्यो । लिग जित्न नसक्दा सम्पुर्ण कर्णाली बासिको प्रतिनिधित्व गरेको शाही माफी माग्न चाहन्छु ।

उनको आखा रसाउदै भने अझै पनि कर्णाली प्रदेशमा खेलकुद मात्र नभएर भौतिक रुपमा पनि विकास हुन सकेको छैन । २०७२ सालमा सुजुकी साफ च्याम्पियनसिप छनौट क्गेलको लागी २८ जना भित्र समेटियका थिए र सोही समयमा उनि यु.एन मिसन जानु पर्ने भएकाले राष्ट्रको लागी खेल्ने सपना पनि पुरा हुन सकेन। उनि १४ महिना यु.एन मिसनका लागी दक्षिण अफ्रिकामा रहे ।यु.एन मिसनबाट फकिय लगत्तै फाल्गुनान्द गोल्ड कपमा विष्ट डिफेन्डर अवार्ड द्धारा सम्मानित भएका थिए ।

सानै देखी राम्रो फुटबल खेल्ने शाही त्रिभुवन आर्मी क्लबका भरपर्दा डिफेन्स हुन । विपक्षका फरवार्डले शाहीलाई कटाएर गोल गर्न निकै हम्मे हम्मे पर्छ । शारीरिक तथा मानसिक दुवै रुपमा फिट छन । उनले नेपालका प्राय सबै प्रतियोगिता खेलीसकेका छन । कति प्रतियोगिताहरुमा त वेष्ट डिफेन्सको पुरस्कारले पनि सम्मानित भएका छन ।यसरी युद्ध शाहीले विकट कर्णालीबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटवल खेलमा सिङ्गो कर्णालीको प्रतिनीधित्व गदै निज शाही त्रिभुवन आर्मी क्लव जस्तो प्रतिष्ठित क्लको अधिकांस खेलहरुमा भरत खवासको अनुपस्थितमा कप्तानी समाल्ने गरेको पाईन्छ ।

कर्णाली आफैमा जटिल भौगोलिक अवस्थितिले गर्दा विकट भएको हो भन्नेहरु पनि पाईन्छन् । वास्तवमा कर्णालीका हरेक विकासका सवालहरुमा राज्यको तर्फवाट सहि न्यायोचित विसेष अवसर, अनुदान, निर्णय तहमा सहभागिता, चिन्ता,चासो, र सार्थक रुपमा हुन नसक्नु नै हो ।

निज शाहीका अनुसार यदि राज्यले विकट कर्णाली प्रदेशमा खेलकुद क्षेत्रमा लगानी र अवसर दिने हो भने राष्ट्रका लागि खेल्ने उत्कृष्ट खेलाडीहरु कर्णालीको कुना कन्दरामा, भिरपाखा आदि ठाउँबाट पनि खेलाडी उत्पादन गर्न सक्छन ।शाही भन्छन “कर्णाली प्रदेशमा प्रचुर सम्भावना बोकेका खेलाडी रहेको छन तर त्यहाँ खेलाडीहरुका लागि उचित खेलकुदको विकास नभएर सम्भावना भएका खेलाडीहरु पलायन भईरहेका छन् ।

“ कर्णाली प्रदेशमा खेलकुदको विकासको लागि प्रदेश सरकारले पनि जोड दिनुपर्ने कुरा बताउछन् शाही ।कर्णाली प्रदेशबाट नेपाली आर्मीमा आफू फुटबलको लागि आएको र आफू जस्तै धेरै कर्णाली प्रदेशमा फुटबल खेल्ने खेलाडीहरु छन तर उनीहरुले खेल्नका लागि उचित खालको खेल मैदान नरहेको कुरा पनि बताउँछन् शाही । यसका लागि केन्द्रिय सरकार र प्रदेश सरकारले पनि केही गर्नु पर्नेमा जोड दिन्छयसका लागि एन्फाले पनि महत्वपूर्ण भुमिका खेल्नु पर्ने उनको बुझाई छ । एन्फाले सरकारी निकायसंग सहकार्य गरेर कर्णाली प्रदेशमा फुटबलको भौतिक संरचना बनाउनु पर्ने, जसले गर्दा कर्णाली प्रदेशका खेलाडीहरु पनि अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने सक्ने क्षमता हुने शाहीको भनाई छ ।हुन पनि एन्फाले अहिले फुटबल विकासका लागि रातदिन काम गरिरहेको छ ।

सबै प्रदेशमा फुटबलका भौतिक संरचनासंगै खेलाडीहरुको लागि पनि विशेष कार्यक्रम ल्याएको छ । एन्फाले विशेष गरि कर्णाली प्रदेशमा बढी जोड दियोस । यस प्रदेशमा अलि बढी रुपमा सक्रिय भएर फुटबलको विकासका लागि शुन्य अवस्थाबाट अगाडि अढाओस । सानै उमेर देखि नै फुटबल गतिविधि होस । जसले फुटबलको विकासका लागि सहयोग पुग्ने छ ।

शाहीले यी कुरा बताउदै गर्दा आफूले फुटबल खेल्न छोडिसके पछि कर्णाली प्रदेशमा एउटा फुटबल एकेडेमी खोलेर यस एकेडेमीमा कर्णाली प्रदेशका फुटबल खेल्न चाहानेलाई ट्रेनिङ गराइ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने योजना रहेको कुरा बताए ।त्यसैले अब मेरो फुटबल खेल जीवनबाट प्राप्त गरेको अनुभव कर्णालीका लागि खर्चिने छु । म फुटवल खेलको करिव उत्तरार्दमा छु ।

सम्भवत पश्चात मेरो जागिरको पनि पेन्सन पाक्छ होला हाल म नेपाल आर्मीको जमदार पदमा छु । शाहीले यी कुरा बताउदै गर्दा आफूले फुटबल खेल्न छोडिसके पछि कर्णाली प्रदेशमा एउटा फुटबल एकेडेमी खोलेर यस एकेडेमीमा कर्णाली प्रदेशका फुटबल खेल्न चाहानेलाई ट्रेनिङ गराइ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने योजना रहेको कुरा बताए ।सम्भवत जुम्लामा निकट वर्षमा नै एउटा फुटसल खोली त्यहा आफुले जानेका कुराहरु बाट फुटबल ट्रेनिङ गराउने लक्ष्य रहेको छ । जुम्लामा विशेष गरि फुटबल खेल प्रति निकै नै आक्रशित र क्रेज भएकाले यसलाई सदुपयोग गर्नु छ । उनको सोचमा कर्णाली प्रदेशको खेलकुद विकासको लागि सरकारी निकायको पनि ध्यान जायोस र आगामी दिनमा कर्णाली प्रदेशबाट पनि खेलाडी उत्पादन होस भन्ने रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?