Logo

न्युजिल्याण्डसंग ईण्डिया १० विकेटले पराजित

कैलाश
२०७६ फागुन १२ , सोमबार ०९:०२ मा प्रकाशित

एजेन्सी । वल्र्ड टेष्ट च्याम्पियनसीप अन्तर्गत ईण्डियाबिरुद्धको पहिलो टेष्ट क्रिकेटमा घरेलु टोली न्युजिल्याण्ड १० विकेटले विजयी भएको छ । विलिङटोनमा ईण्डियाले दिएको ९ रनको चुनौती किबिज टोलीले १० बलमा बिना क्षती भेट्टाउदै किर्तिमानी जित हात पारेको हो । ईण्डियाले टेष्ट क्रिकेटको ईतिहासमा भोगेको यो नै सबैभन्दा ठुलो अन्तरको हार हो ।
पहिलो ईनिङसमा १ सय ६५ रनमा अलआउट भएको ईण्डियाले दोस्रो ईनिङसमा १ सय ९१ रन मात्र बनाएपछि घरेलु टोलीले मात्र ९ रनको लक्ष्य पाएको थियो । न्युजिल्याण्डले पहिलो ईनिङसमा ३ सय ४८ रनको उच्च स्कोर तयार पारेको थियो । ४ विकेट गुमाएर १ सय ४४ रनको अवस्थाबाट चौथो दिन थालेको ईण्डियाले थप ४७ रन जोड्दा बाँकि सबै विकेट गुमाएको हो । मायांक अग्रवालले ५८, अजन्क्या रहानेले २९ र रिषव पन्तले २५ रन बनाएको ईनिङसमा अन्यले गतिलो ब्याटिङ गर्न नसक्दा दोस्रो ईनिङसमा पनि ईण्डिया सामान्य योगफलमै समेटिएको थियो । टिम साउथीले ५ तथा ट्रेन्ट बोउल्टले ४ विकेट चट्काएपछि ईण्डियाको हार निश्चित बनेको थियो । अर्को विकेट कोलिन डि ग्राण्डहोमको नाममा रह्यो ।
यी दुई राष्ट्रबिचको दोस्रो टेष्ट १७ गते क्राईष्टचर्चमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?