Logo

खप्तड गोल्डकपमा आज गोर्खा व्वाईज र सुनौलो संगम भिड्ने

कैलाश
२०७६ फागुन १२ , सोमबार ०९:०२ मा प्रकाशित

सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगीतामा आज रुपन्देहिका दुई टोली एक अर्काबिरुद्ध मैदान उत्रदैछन् । गोल्डकपको प्रि–क्वार्टरफाईनलमा रुपन्देहिका गोर्खा व्वाईज र सुनौलो संगम युथ क्लब प्रतिस्पर्धा गर्न लागेका हुन् । धनगढी रंगशालामा दिउँसो ३ बजे पछि यी दुई टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । आजको विजेताले क्वार्टरफाईनलमा संकटा क्लबको सामना गर्नेछ ।
यसअघि हिजो भएको खेलमा मदन भण्डारी स्र्पोर्टस एकेडेमीलाई ४–० ले हराउदै नब जनजागृती युवा क्लबले प्रतियोगीताको क्वार्टरफाईनलमा स्थान बनाएको थियो । १२ टोली सहभागी गोल्डकपको उपाधि विजेताले २१ र उपविजेता टोलीले १० लाख रुपैया हात पार्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?