Logo

अष्टेलियाबिरुद्ध साउथ अफ्रिकाको रोमाञ्चक जित

कैलाश
२०७६ फागुन ११ , आईतबार ११:०२ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियाबिरुद्धको दोस्रो टि–२० क्रिकेटमा भ्रमणकारी साउथ अफ्रिकाले रोमाञ्चक जित हात पारेको छ । कंगारु टोलीलाई १२ रनले हराउदै भ्रमणकारी साउथ अफ्रिकाले ३ म्याचको सिरिज एक एकको बराबरीमा ल्याएको हो । साउथ अफ्रिकाले दिएको १ सय ५९ रनको चुनौती पछ्याउने क्रममा घरेलु टोलीले ६ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । यो संगै ३ म्याचको सिरिज एक एकको बराबरीमा पुगेको छ ।
डेभिड वार्नर ६७ रनमा अबिजित रहेपनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । स्टेभन स्मिथले २९ र कप्तान एरोन फिन्चले १४ रन बनाए । साउथ अफ्रिकाका लुंगी निग्दीले ३ तथा एनरिच नोर्टजे, कासीगो रावाडा र ड्वायन प्रिटोरियसले समान एक विकेट लिए ।
यसअघि पोर्ट एलिजावेथमा टस जितेर ब्याटिङमा उत्रिएको भ्रमणकारी टोलीले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रनको योगफल तयार पारेको थियो ।
उसको जितमा कप्तान क्विन्टन डि ककले ४७ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ७० रनको योगदान गरे । रसी भान डेर दुसेनले ३७ र फाफ डुप्लेसीसले १५ रन जोडे ।
अष्ट्रेलियाका केन रिचार्डसनले २ तथा पाट कुमिन्स र एडम जाम्पाले समान एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?