Logo

प्रिक्वार्टरफाईनलको पहिलो लेगमा एटलान्टा र आरबी लिप्जिङ विजयी

कैलाश
२०७६ फागुन ८ , बिहीबार ०८:०२ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टरफाईनलको पहिलो लेगमा एटलान्टा र आरबी लिप्जिङ विजयी भएका छन् । भ्यालेन्सीयालाई ४–१ गोल अन्तरले हराउदै एटलान्टाले क्वार्टरफाईनल प्रबेशको संभावना बलियो बनाएको हो । उसको जितमा हान्स हेटबोरले २ तथा जोसीप ईलिकिक र रेमो फ्रेउलेरले एक एक गोल गरे । खेलको पहिलो हाफमा २–० को अग्रता बनाएको एटलान्टाले दोस्रो हाफमा २ गोल थप्दै एक गोल खाएको थियो । यी दुई टोलीबिचको दोस्रो लेग मार्च १० मा हुनेछ ।
बलियो प्रतिद्धन्दी टटनह्यामलाई १–० ले हराएको आरबी लिप्जिङले पनि क्वार्टरफाईनल प्रबेशको संभावना बलियो बनाएको छ । खेलको ५८ औ मिनेटमा टिमो वेरनरले पेनाल्टिमार्फत गरेको गोल उसको जितमा निर्णायक बनेको थियो । खेलमा टटनह्यमलाई केहि दबावमा राखेपनि लिप्जिङले पाएका अन्य अवसर भने खेर फालेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?