सेमिफाईनलको पहिलो लेगमा युभेन्टस र एसी मिलानको बराबरी

खेलकुद फूटबल

एजेन्सी । ईटालियन कोपा डेल रे कप फुटबल अन्तर्गत दोस्रो सेमिफाईनलको पहिलो लेगमा युभेन्टस र एसी मिलानले एक एकको बराबरी खेलेका छन् । घरेलु मैदानमा युभेन्टससंग पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफमा एसी मिलानले खेलमा अग्रता बनाएको थियो । ६१ औ मिनेटमा एन्टे रेबिकको गोलबाट अग्रता बनाएको एसी मिलान अन्तिम समय सम्हालिन नसक्दा बराबरीको नतिजामा पुगेको हो ।

ईन्ज्युरी समयमा पाएको पेनाल्टिको अवसरलाई गोलमा परिणत गर्दै युभेन्टस खेलमा फर्किएको थियो । क्रिष्टियानो रोनाल्डोले युभेन्टसको हार टारेका थिए । खेलमा युभेन्टसले ६२ प्रतिशत नियन्त्रण जमाएपनि मिलानको पोष्टमा खासै आक्रमण गर्न पाएन् । अट्याकिङ शैली अपनाएको एसी मिलानले युभेन्टसको पोष्टमा २१ आक्रमण गरेको थियो । ती मध्ये उसका ११ शसक्त प्रहार विफल बनेका थिए । यी दुई टोलीबिचको दोस्रो लेग युभेन्टसको घरेलु मैदानमा मार्च ४ मा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।