मिस मार्टिन २०२० को फाइनल आज

मनोरंजन

मिस मार्टिन २०२० को आज अन्तिम दिन रहेको छ साझ ५ बजे दिन फाइनल सुरु हुने आयोजकले जानकारी दिएको छ । महिलाहरुमा भएको क्षमता लाइ प्रस्तुत गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको यसै कार्यक्रमका संयोजक कन्चन तिवारी ले जानकारी दिनु भयो ।त्यसैगरी अफिसियल कोरियोग्राफरमा नेहा बजाज रहेकी छन् भने अफिसियल फोटोग्राफी पार्टनरमा बज फोटो एंड भिडियो स्टुडियो,ड्रिम्स फोटोग्राफी स्टुडियो रहेको छ ,यस कार्यक्रमलाइ सफल पार्नका लागि सहयोगी सदस्यहरुमा प्रिया कुवर ,कन्चन तिवारी,सर्मिला दाहाल ,सरोज श्रेष्ठ लगाएतको सहभागिता रहेको छ ।त्यसै गरि यस प्रतियोगितामा बिजेता हुनेले नगद रु।५० हजार प्राप्त गर्ने त्यसै गरि द्रोसो हुनेले रु २० हजार तेस्रो हुनेले रु १५ हजार नगद पाउने छन ।लामो समय देखि मार्टिना मेकअप स्टुडियो चलाउदै आएकी श्रेष्ठले महिलाहरुमा लुकेर रहेको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको तथा आत्मबल बढाउन इटहरीमा पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको बताउछिन् ।यसै कार्यक्रम बाट मुनाफा भएको केहि रकम सामाजिक क्षेत्रमा पनि खर्च गर्ने र बिशेष गरि भिजिट नेपाल २०२० चलि रहेको बेला यसलाई पनि सफल पर्न आन्तरिक पर्यटनको प्रवर्दन गर्न उद्देश्यले प्रतियोगिता संचालन गरेको श्रेष्ठ बताउछिन । इम्पेरियल लाउन्जमा फाइनल हुने आयोजकले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।