प्रेम दिवसको अवसर पारेर आज बगान फेमली रेस्टुरेन्टमा संदेश सुबेदीले आफ्नु प्रस्तुति दिदै

मनोरंजन

प्रेम दिवसको अवसर पारेर आज बगान फेमली रेस्टुरेन्टमा संदेश सुबेदीले आफ्नु प्रस्तुति दिदै छन । निकैनै चर्चित यस होटेलले समय समयमा ग्रहाकको आवश्यकतालाइ मध्यनजर् गरि कार्यक्रम गर्ने गरेको छ । प्रदेश नं १ को व्यापारिक केन्द्रको रूपमा विकास भइरहेको इटहरीमा पछिल्लो समय हाेटल तथा रेस्टुरेन्ट खुल्ने क्रम बढी रहेको छ । सहरी क्षेत्रमा जनसङ्ख्या बृद्धि भइरहेको समयमा हाेटल तथा रेस्टुरेन्ट खुल्नु स्वभाविक मानिन्छ । यसरी सञ्चालनमा आएका सबै हाेटल तथा रेस्टुरेन्ट ग्राहकको रोजाइमा पर्छन् भने भन्न सकिदैन् । तर इटहरी १ आँपगाछिमा रहेको बगान फेमली रेस्टुरेन्ट भने ग्राहकको रोजाइमा पर्न सफल पनि भएको छ ।रेस्टुरेन्टमा शुक्रवार तथा शनिवार स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागितामा साँकृतिक साझाको समेत आयोजना हुने गरेको छ । रेस्टुरेन्टले मासिक ३० लाख भन्दा बढीको कारोबार गर्दै आएको लिम्बुले बताए । साथै विवाह, व्रतबन्ध र जन्म दिन लगायतका कार्यक्रम गर्न समेत उपयुक्त स्थान भएको उनको भनाइ छ । ग्राहकको सेवा गर्नु नै कर्तव्य भएकाले गुणस्तरमा कुनै सम्झौता नहुने सञ्चालक प्रकाश चाैलागाइ बताउँछन् । एकल लगानीमा ग्राहकको सेवाका लागि नै रेस्टुरेन्ट सञ्चालन गरेकाले आवश्यकता हेरेर सेवा थप गर्ने गरेको समेत चाैलागाइले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।