Logo

स्पिनर चम्किएपछि अमेरिका ३५ रनमा अलआउट, नेपालको विश्व किर्तिमान

कैलाश
२०७६ माघ २९ , बुधबार १०:०२ मा प्रकाशित

स्पिनर सन्दिप लामिछाने र शुसन भारी चम्किएपछि त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिका ३५ रनमा समेटिएको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अमेरिका १२ ओभर मात्र क्रिजमा टिक्न सक्यो । जेभियर मार्सलले १६ रन बनाएको अमेरिकाको ईनिङसमा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । यो स्कोर एकदिवसीय विश्वकपमा सर्बाधिक कम स्कोरको योगफल हो ।
नेपालका सन्दिप लामिछानेले ६ तथा सुसन भारीले ४ विकेट लिए । ६ ओभरमा बलिङ गरेका सन्दिपले १ मेडन राख्दै १६ रन खर्चेर ५ विकेट लिए । सुशनले ३ ओभरमा १ मेडन राख्दै मात्र ५ रन खर्चिएर ४ विकेट हात पारेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?