Logo

विश्व किर्तिमान बनेको खेलमा नेपाल ८ विकेटले विजयी

कैलाश
२०७६ माघ २९ , बुधबार ११:०२ मा प्रकाशित

 एकदिवसीय क्रिकेटमा सर्बाधिक कम स्कोर बनेको खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । यो संगै घरेलु मैदानमा आयोजित लिग टुको त्रिकोणात्मक सिरिजको नेपालले सुखद अन्त्य गरेको छ । अमेरिकाले दिएको ३६ रनको झिनो चुनौती नेपालले ५ दशमलब २ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपाललाई जित दिलाउन अबिजित रहदै पारस खड्काले २० र दिपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा पहिलो विकेटका रुपमा आउट भएको खेलमा सुबास खकुरेलले खाता पनि खोल्न सकेनन् । अमेरिकाका नोसथुस केन्जीगेले २ विकेट लिए ।
यसअघि स्पिनर सन्दिप लामिछाने र शुसन भारी चम्किएपछि त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिका ३५ रनमा समेटिएको थियो । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अमेरिका १२ ओभर मात्र क्रिजमा टिक्न सक्यो । जेभियर मार्सलले १६ रन बनाएको अमेरिकाको ईनिङसमा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका सन्दिप लामिछानेले ६ तथा सुसन भारीले ४ विकेट लिए । ६ ओभरमा बलिङ गरेका सन्दिपले १ मेडन राख्दै १६ रन खर्चेर ५ विकेट लिए । सुशनले ३ ओभरमा १ मेडन राख्दै मात्र ५ रन खर्चिएर ४ विकेट हात पारेका हुन् । ३ ओभर बलिङ गरेका करण केसीले १३ रन खर्चदा कुनै विकेट हात पार्ने सकेनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?