गौतमबुद्ध रंगशालालाई सन्दिपको थप ५३ हजार ८८ रुपैया !

क्रिकेट खेलकुद

चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानलाई सन्दिप लामिछानेले थप ५३ हजार ८८ रुपैया सहयोग गर्ने भएका छन् । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकासंगको अन्तिम खेलमा ६ विकेट लिएसंगै उनले थप ५३ हजार ८८ रुपैया सहयोग गर्नुपर्ने भएको हो । यसअघि उनले २ विकेट हात पारेका थिए । जारी सिरिजमा कुल ८ विकेट लिएका सन्दिपले आफ्नो घोषणा अनुसार ७० हजार ७ सय ८४ रुपैया निर्माणाधिन रंगशालालाई सहयोग गर्नेछन् ।
सिरिज अगावै सन्दिपले निर्माणाधिन रंगशालाका लागि हरेक विकेट बराबर सगरमाथाको उचाई बराबरको रकम निर्माणाधिन रंगशालालाई सहयोग गर्ने घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।