Logo

सहिद स्मारक ए डिभिजन लिगमा आज १२ औ चरणका थप तीन खेल हुदै

कैलाश
२०७६ माघ २८ , मंगलबार ०६:०२ मा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज १२ औ चरणका थप तीन खेल हुदैछन् । आज उपाधि दाबेदार त्रिभुवन आर्मीले ब्रिगेड व्वाईज क्लबसंग प्रतिस्पर्धा गर्नेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहान पौने ९ बजे हुने खेलमा आर्मी सहज जितसंगै उपाधि यात्रा बलियो बनाउन चाहान्छ । ब्रिगेडसंग बराबरी वा हारको नतिजा आए मछिन्द्रलाई फाईदा पुग्नेछ । यस्तोमा मनाङको संभावना पनि जिवितै रहनेछ । आर्मी बिजयी भए मनाङको उपाधि संभावना सकिनेछ ।
सोहि मैदानमा दिउँसो सबा १२ बजे थ्रीस्टार र न्युरोड टिम एनआरटी आमने सामने हुनेछन् । थ्रीस्टार एनआरटीलाई हराउदै तालिकाको शीर्ष तीनमा पुग्ने योजनामा रहेको छ । एनआरटीको लक्ष्य कम्तीमा ३ स्थान फड्को मार्नु हुनेछ ।
दिनको अन्तिम खेलमा दिउँसो साढे ३ बजे मनाङ मस्र्याङदी र नेपाल पुलिस प्रतिस्पर्धा गर्नेछन् । उपाधि होड कायमै राख्न अबका २ खेलमा जित्नैपर्ने दबावमा रहेको मनाङ आर्मी र मछिन्द्रको हारको पनि प्रतिक्षामा छ । लिगमा मछिन्द्र २८ अंकमा तालिकाको शीर्ष स्थानमा रहदा आर्मी २६ अंकमा दोस्रो र मनाङ २२ अंकमा तालिकाको तेस्रो स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?