Logo

त्रिकोणात्मक सिरिजमा आज ओमान र अमेरिका भिड्ने, ओमान शत प्रतिशत नतिजाको खोजीमा

कैलाश
२०७६ माघ २८ , मंगलबार ०६:०२ मा प्रकाशित

एकदिवसीय विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको लिग टु अन्तर्गत नेपालमा जारी सिरिजमा आज अमेरिका र ओमानबिच प्रतिस्पर्धा हुदैछ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा बिहान साढे नौ बजे मैदान उत्रदा ओमान शत प्रतिशत नतिजाको खोजीमा रहनेछ । नेपाललाई २ र अमेरिकालाई एक खेलमा हराएको ओमान नेपाली भुमीमा चौथो जितसंगै शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउने दाउमा छ । सुरुवाती दुबै खेल गुमाएको अमेरिका भने तेस्रो खेलमा पहिलो जित निकाल्ने योजनामा रहेको छ । उत्कृष्ट फर्ममा रहेको ओमान आफ्नो लय कायम राख्दै जितको श्रृखला जारी राख्न चाहान्छ । ओमानले अमेरिकासंगको पहिलो खेलमा ६ विकेटको फराकिलो जित निकालेको थियो ।
सिरिजको अन्तिम खेलमा भोली नेपालले अमेरिकासंग प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?