ओमानसंग दोस्रो खेलमा पनि नेपालको लज्जास्पद हार, ईल्यासको शतक

क्रिकेट खेलकुद

 विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको लिग टु को आफ्नो तेस्रो खेलमा नेपालले ओमानसंग लज्जास्पद हार भोगेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा ओमानले नेपाललाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्यो । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले १६ बल अगाबै मात्र २ विकेट गुमाएर पुरा गर्यो । तेस्रो विकेटका लागि आकिब ईल्यास र जेसान मक्सुदले १ सय ६७ रनको साझेदारी गरेपछि उसले सहज रुपमा लक्ष्य भेटेको हो । ईल्यास १ सय ९ रनमा अबिजित रहदा कप्तान मक्सुद ६९ रनमा नटआउट रहे । खाबर अलीले ४१ र जितेन्दर सिंहले २३ रनको योगदान गरे । नेपालका सुशन भारी र कुशल मल्लले समान एक विकेट लिए ।
यसअघि टस जितेको ओमानले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रनको योगफल तयार पारेको थियो । माथिल्लो क्रमका व्यट्सम्यानले उत्कृष्ट साझेदारी गरेपछि नेपाल सिरिजकै सर्बाधिक योगफल बनाउन सफल बनेको हो । ओपनर ज्ञानेन्द्र मल्ल र सुबास खकुरेलले पहिलो विकेटका लागि ४८ र ज्ञानेन्द्र र पारस खड्काले दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक यागफल बनाउन सफल बन्यो । एकदिवसीय क्रिकेटमा दोस्रो अर्धशतक बनाउने क्रममा ज्ञानेन्द्रले ६ चौका र १ छक्काको मद्दतमा ५६ रन बनाए । पारस खड्काले ३४ बलमा ६ चौका र एक छक्काको मद्दतमा ३८, बिनोद भण्डारीले ३५,कुशल मल्ल र आरिफ शेखले समान २८ तथा सुबास खकुरेलले २२ रन जोडे । करण केसीले १० रन बनाएको ईनिङसमा उपकप्तान दिपेन्द्रसिंह ऐरी खातानै नखोली पभेलियन फर्किए । ओमानका आकिब ईल्यासले ४ तथा महम्मद नादिमले ३ विकेट लिए । बिनोद भण्डारी रनआउट भएका थिए । योसंगै ओमान १४ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।