ओमानबिरुद्द टस हारेको नेपाल ब्याटिड़ गर्दै

क्रिकेट खेलकुद

विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको लिग टु अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले अहिले ओमानसंग प्रतिस्पर्धा गरिरहेको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेको ओमानले फिल्डीड़ रोजेपछि नेपाल ब्याटिड़मा उत्रिएको छ ।

नेपाल पहिलो खेलमा भोगेको हारको बदला लिने योजनामा छ । सिरिजको उद्घाटन खेलमा ओमानसंग १८ रनको हार भोगेको नेपाललाई आजको खेलमा सोहि हारको बदला लिने अवसर पनि मिलेको छ । सिरिजका सुरुवाती दुबै खेलमा जित निकालेको ओमान सोहि लय कायम राख्ने योजनामा हुनेछ ।
माथिल्लो क्रमका व्याट्सम्यान चल्न नसकिरहेका बेला ओमानबिरुद्धको खेल नेपालका लागि निक्कै चुनौतीपुर्ण रहेको छ । यद्यपी टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आजको खेलमा यसअघिका कमजोरी सुधारेर बदला लिने लक्ष्यमा मैदान उत्रने बताएका छन् ।
सिरिजको अन्तिम खेलमा नेपालले बुधबार अमेरिकासंग प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।