Logo

अण्डर १९ विश्वकप क्रिकेट : भारतलाई हराउदै बंगलादेशलाई ऐतिहासिक उपाधि

कैलाश
२०७६ माघ २६ , आईतबार १०:०२ मा प्रकाशित

एजेन्सी । बलियो प्रतिद्धन्दी भारतलाई हराउदै बंगलादेशले ऐतिहासिक अण्डर १९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । अण्डर १९ विश्वकपको फाईनलमा पहिलो पटक स्थान बनाएको बंगलादेशले पहिलो उपाधि हात पारेको हो । साउथ अफ्रिकाको सेन्वेस पार्कमा भारतले दिएको १ सय ७८ रनको चुनौती पछ्याउने क्रममा बर्षाले खेल अबरुद्ध भएपछि डकबर्थ लेबिस पद्धतीका आधारमा बंगलादेशलाई ४६ ओभरमा १ सय ७० रनको नयाँ लक्ष्य दिईएको थियो ।
सो लक्ष्य बंगलादेशले २३ बल अगावै ७ विकेट गुमाएर भेट्टायो ।


बंगलादेशको जितमा परबेज हुसेन ईमोनले सर्बाधिक ४७ रनको योगदान गरे । कप्तान अकबर अलीले अबिजित ४३ रन बनाएको ईनिङसमा तान्जीद हसनले १७ रन बनाए । राकिबुल हुसेन ९ रनमा अबिजित रहदै टोलीका लागि ऐतिहासिक विजयी रन बटुले ।
भारतका रबी बिस्नोईले ४ तथा सुशान्त मिश्राले २ र यस्हावी जैसवालले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारत ४७ दशमलब २ ओभरमा १ सय ७७ रनमा समेटिएको थियो । भारतका लागि यस्हावी जैसवालले सर्बाधिक ८८ रन बनाए । तिलक बर्माले ३८ र ध्रुव जुरेलले २२ रन जोडे ।
बंगलादेशका अभिषेख दासले ३ तथा सोरिफुल ईस्लाम र तान्जीम हसनले समान २ विकेट लिए । राकिबुल हसनको नाममा १ विकेट रह्यो । भारतका २ व्याट्सम्यान रनआउट भएका थिए ।
सेमिफाईनलमा भारतले पाकिस्तानलाई तथा बंगलादेशले न्युजिल्याण्डलाई हराउदै उपाधि यात्रा तय गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?